wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकताको विषय उठान गर्दै सांसद हुन अयोग्य रहेको भनि परेको रिटमा आजबाट अन्तिम सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको लामिछानविरुद्धको रिटमा सुनुवाइ हुनेछ ।
लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः खारेज भएको र पुनः नेपालको नागरिकता प्राप्त गर्न नागरिकता सम्बन्धी ऐन, २०६३ बमोजिमको प्रक्रिया पूरा नगरेको जिकिर रिट निवेदकको छ । पुनः प्राप्तिको प्रक्रिया नै पूरा नगरेका लामिछाने नेपाली नागरिक नरहेको र सांसद बन्न अयोग्य रहेको निवेदकको जिकिर छ । लामिछानेतर्फका कानुन व्यवसायीले भने लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम नरहेको तर खारेज भने नभएको तर्क गर्दै आएका छन् । उनका कानुन व्यवसायीहरूले नागरिकता ‘कायम नरहेको’ र ‘त्याग गरेको’ विषय छुट्टाछुट्टै रहेको दाबी गरेका छन् । सोही दाबी अनुसार लामिछानको नेपाली नागरिकता कायम नरहेको अवस्थामा अमेरिकाको नागरिकता त्याग गर्नासाथ नेपाली नागरिकता आफैं सक्रिय हुने दाबी गरेका छन् ।
यसअघिको बहसमा लामिछानेको तर्फबाट प्रस्तुत वरिष्ठ अधिवक्ता सुशील पन्तले लामिछाने निवेदकले लिएको तर्क अनुसार अमेरिकन नागरिक पनि नहुने, नेपाली नागरिक पनि नहुने भए कहाँको नागरिकत हुने हो भन्ने प्रश्न गरेका थिए । पन्तले बहसमा “निवेदक तर्फबाट लिएको तर्कलाई सुन्ने हो भने रवि लामिछाने अनागरिक हुनुहुन्छ । उहाँले अमेरिकाको नागरिकता त्याग गरिसक्नु भएको छ भने नेपालको नागरिकता निवेदकका अनुसार पुनः प्राप्त गरिसक्नु भएको छैन । निवेदकले नै उहाँ कताको नागरिकको बताउनु पर्यो । नेपालको संविधान तथा नेपाल सरकारबाट पारित अन्तर्राष्ट्रिय कानुनमा कोही व्यक्ति अनागरिक वा राज्यविहीन नहुने स्वीकार गरेको अवस्था छ,” भनेका थिए ।
Skillbee#Skills 4 Reasons Your Digital Marketing Fails Everyone knows the frustration. You've tried every digital…
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…