काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ । बिहीबार बोलाइएको बैठक नेताहरूको कार्यव्यस्ताको कारण देखाउँदै आज बिहानसम्मका लागि स्थगित गरिएको थियो । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।
बैठक स्थगीत गरेर बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो ।
सरकारलाई सहयोग गर्ने भन्दै सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो । संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुने बताइएको छ ।