Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the everest-backup-pcloud domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6121
ओली-प्रचण्डको बुझाइमा एकरूपता नभए गठबन्धन गडबडमा जान्छ : शक्ति बस्नेत - Nava Awaaj
Omnipress Guternberg Blocks
News Blogs
Easy booking- travel with us

Recent Posts

Archive

Categories

Mauris ac fermentum quam, vel porta mi. Suspendisse potenti. Curabitur sit amet nulla.

Best beach holidays
Fashion
Clasic Camper Van
Travel
Building transportation industrial
Technology
Enjoying Live Music
Entertainment
Food week - huge discount

ओली-प्रचण्डको बुझाइमा एकरूपता नभए गठबन्धन गडबडमा जान्छ : शक्ति बस्नेत

काठमाडौं : माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुझाइमा एकरूपता नभए गठबन्धनको भविष्य संकटमा पर्ने चेतावनी दिएका छन्।

अन्नपूर्ण पोष्टको कार्यक्रम द न्यूज मेकरमा भूपाल लुइटेलसँग कुराकानी गर्दै उपमहासचिव बस्नेतले दुई नेताबीच बुझाइमा एकरूपता नआए भविष्यमा समस्या पर्ने बताएका हुन्। 

ओलीले संसदमा सम्बोधन गर्दै तत्कालीन संसद विघटनको बचाउ गरेपछि माओवादी वृत्त तरगिंत भएको हो। विगतका घटनाक्रम सामान्य विषय नभएकाले एउटा ठोस समीक्षा गरेर यथार्थ सार्वजनिक गराइनु पर्ने उनको मत छ। 

‘दुई नेताबीच विगतको कमजोरीको आत्मबोध भएको हो तर गम्भीर ढंगले त्यसलाई वारपार गरिएको थिएन। अदालतले समेत संसद विघटन गलत भनेको परिप्रेक्षमा त्यसको बचाउ गर्नू कमजोरी हो’, बस्नेतले भने।

प्रदेश १ सरकारमा माओवादी नगएर गठबन्धनमा गडबड भइसको नि भन्ने प्रश्नमा बस्नेतले भने,’केन्द्रको निर्णय अवज्ञा हुँदैन माओवादी प्रदेश १ सरकारमा सहभागी हुन्छ।’

अहिले मुलुक जटिल अवस्थामा रहेकाले कांग्रेस पनि सरकारमा आउन तयार भएमा राष्ट्रिय सहमतिको सरकार नै बनाउन पर्ने उनको भनाइ छ।

सम्बन्धित खबर