wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा उपचाररत भण्डारीको कृत्रिम अक्सिजन हटाउने तयारी गरिएको छ।
भण्डारीलाई शुक्रबारदेखि नै नलीमार्फत् खाना खुवाउन सुरु गरिएको थियो। उपचारको नेतृत्व गरिरहेका डा मुकेश मिश्राका अनुसार सोमबारदेखि भण्डारीलाई प्राकृतिक रुपमा नै श्वासप्रश्वासको ट्रायलमा लैजाने योजना छ।
यसअघि शतप्रतिशत कृत्रिम अक्सिजको सहारामा रहेकामा आइतबारदेखि कृत्रिम अक्सिजनको मात्रा घटाउँदै गरिएको थियो। कृतिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएमा सोमबारदेखि कृतिम अक्सिजनलाई शून्य प्रतिशतमा झार्न लागिएको हो।
आइतबार उनको छातिको फिजियो थेरापी गरिएको थियो। शनिबार बिहान डिहाइड्रेसनका कारण पिसाव कम भएको र प्लेटलेस एक लाखमा झरेकोमा शनिबार साझसम्म तरल मात्रा बढाउँदा डिहाइड्रेसनको अवस्था सामान्य रहेको बताइएको छ।
खाना पकाउने (एलपी) ग्यास लिक हुँदा भएको आगलागीमा परेर गम्भीर घाइते भएका भण्डारीको अनुहारमा डढेको कालो छाला झरी नयाँ पलाउन लागेकोजस्तो पनि देखिएको बताइएको छ।
Skillbee#Skills 4 Reasons Your Digital Marketing Fails Everyone knows the frustration. You've tried every digital…
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…