काठमाडौं प्रमुख प्रतिपक्षमा बसेर सरकारले गरेका गलत गतिविधिको विषयमा भण्डाफोर गदै संसदमा प्रभावकारी भूमिका खेल्नुपर्ने नेपाली कांग्रेसले पनि सरकारलाई समर्थन दिएपछि आफू सत्ता पक्षको हो कि विपक्षको भन्नेमा कांग्रेस नै अलमलमा परेको छ । कांग्रेसले सहमतिको राजनीतिको सुरुवात गर्ने भन्दै सरकारलाई समर्थन गरेको भने पनि कांग्रेसको यो कदम निकै आश्चर्यजनक छ ।
प्रतिनिधिसभामा सबैभन्दा बढी सिट रहेको कांग्रेस अहिले सत्ताबाहिर हुनु पनि आफैंमा अचम्मको विषय हो । कांग्रेस सभापति शेरबहादुर देउवाको कारण कांग्रेसको यो अवस्था आएको भनेर धेरैले टिप्पणी गरे पनि देउपामात्र दोषी हुन् त भन्ने प्रश्न पनि सँगै आएको छ । आफूलाई ‘पपुलर’ नेता भएको घोषणा गर्ने र १४ महिनाअघि भएको पार्टीको महाधिवेशनमा सानदार मतले महामन्त्री जितेका गगनकुमार थापा र विश्वप्रकाश शर्माले कांग्रेसलाई त्यो अवस्थाबाट किन बचाउन सकेनन् भन्ने धेरैको प्रश्न रहेको छ । कांग्रेसले के स्वार्थले प्रचण्डको सरकारलाई मतदान गरेको हो उसले जनतालाई अहिले नभए पनि कुनै दिन अवश्य जवाफ दिनुपर्छ । सरकारलाई मतदान गरेपछि प्रमुख प्रतिपक्षी दल हो भनेर दाबी गर्ने कांग्रेससँग आधार पनि छैन । संसदमा पौष २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै साझा सरकार बनाउने प्रतिबद्धता जनाएका थिए । उनले हिजोका दिनमा आफूबाट केही कमजोरी भएको स्विकार्दै अब भनें त्यसलाई नदोहो¥याउने बताए पनि उनमा पनि विश्वास गर्ने त्यस्तो आधार छैन किनभने उनी यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका छन् ।
कांग्रेसले सजिलै ढंगले राष्ट्रपति पाएको खण्डमा प्रचण्ढले भनेजस्तै सहमतिको सरकार हुन सक्छ र उनले सबैको सहयोगमा सुखले सरकार चलाउन सक्छन् । यो विषयलाई लिएर कांग्रेससँग फेरि मतभेद हुने खतरा भएकाले प्रचण्ड एमालेको पछि लाग्ने कि कांग्रेसलाई पनि फकाएर लाने भन्नेमा अलमलमा छन् ।