wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114ढल्केबर, माघ ९ गते । मिथिलाको प्राचीन राजधानी तथा मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाममा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो छ । नेपाल राष्ट्र बैंक जनकपुरधाम शाखाले प्रकाशित गरेको प्रतिवेदनले यसको पुष्टि गरेको छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा पाँच हजार ८४७ जना बाह्य पर्यटक आएका थिए । चालू आर्थिक वर्षको छ महिनामा २० हजार ७३३ जना पर्यटक आएका छन् । पर्यटकमध्ये भारतबाट ९०.६९, चीनबाट १.८३ र तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या ७.४८ प्रतिशत छ ।
पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि यहाँ पर्यटक घुमाउने पर्यटक गाइडको कमी छ । जनकपुरधाम र यस वरपर थुप्रै धार्मिक तथा पर्यटन क्षेत्र भए पनि उचित जानकारीको अभावमा पर्यटक जानकी मन्दिरको मात्रै दर्शन गरी फर्कने गरेको स्थानीय युवा बलराम साह बताउँछन् ।
जनकपुरधाममा जानकी मन्दिरबाहेक राममन्दिर, विवाहमण्डप, स्वर्गद्वारी भूतनाथ मन्दिर, गङ्गा आरतीलगायत घुम्ने खालका दर्जनौं मठमन्दिर तथा रमणीय स्थान छन् । तर ती स्थानका बारेमा जानकारी उपलब्ध गराउने पर्यटक गाइडको कमी छ ।
Skillbee#Skills 4 Reasons Your Digital Marketing Fails Everyone knows the frustration. You've tried every digital…
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…