काठमाडौं । कैलाली–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेलमुक्त भएका छन् । उनी कैलाली जिल्ला कारागारबाट जेलमुक्त भएका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि उनी छुटेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । ०६६ भदौ ३ मा ट्याक्टर जलाएको भन्दै ०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही ६ महिना कैदको आदेश सुनाएको थियो ।
यसबाहेक आठ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसलामा उल्लेख थियो । चौधरीलाई गत माघ १९ गते बाँकेबाट प्रहरीले पक्राउ गरेको थियो ।