wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114काठमाडौँ । दक्षिण कोरियामा नेपाल इनभेष्टमेन्ट सेमिनार सम्पन्न भएको छ । नेपाली राजदूतावासको आयोजना र एनआरएनएको सहकार्यमा सम्पन्न कार्यक्रममा कोरियाका ५० भन्दा बढी व्यवसायीहरु सहभागी भएका थिए ।
नेपालका लागि कोरियाका राजदूतको ज्योति प्याकुरेलले जिम्मेवारी समालेको ४ महिनापछि लगानी सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा परराष्ट्रमन्त्री डा। विमला राई पौडेलले शुभकामना सन्देश दिएकी थिइन् ।
सम्मेलनमा उपनियोग प्रमुख रामसिंह थापाले कार्यक्रममा लगानीका सम्भावित क्षेत्र, नेपालका कानून, पुँजी लगायनी क्षेत्र समेटेर कार्यपत्र पेश गरेका थिए ।
उपनियोग प्रमुख थापाले प्रस्तुत गरेको कार्यपत्रमा आर्थिक विकासको एजेण्डामा राजनीतिक सहमति, सुशासन र आर्थिक वृद्धिमा ध्यान केन्द्रीत, सन् २०२६ सम्म अल्पविकसित अवस्थाबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नती, सन् २०३० सम्ममध्ये आय भएका राष्ट्रमा पुग्ने लक्ष्यमा पुग्न सबै क्षेत्रहरुमा वृहत लगानीको खाँचो रहेको औल्याउँदै लगानी सम्मेलनको आयोजना गरिएको उल्लेख छ ।
त्यसैगरी कार्यपत्रमा नेपालमा लगानीको लागि उचित गन्तव्य स्थल पनि छुट्इयाएको छ । नेपाल लगानीको एक राम्रो गतन्वय मानिएको बताउँदै जुनसुकै क्षेत्रमा लगानी प्रतिफलयुक्त रहेको, कुनै पनि क्षेत्र प्रतिस्पर्धारहित रहेको, पूर्ण शान्ति सुरक्षासहित वैदेशिक लगानीको लागि सुरक्षित गन्तव्य, नेपाल विशाल बजार भएका चीन र भारतबीच रहेको, नेपालमा उत्पादित बस्तुहरुलाई चीन र भारतमा विना भन्सार बजार पहुँचको सुविधा, नेपाली बस्तुमाले युरोपियन बजारमा समेत विना भन्सार र विना कोटा बजार प्रवेश सुविधा, अमेरिकी बजारमा ७० वटा नेपाली बस्तुलाई बजार प्रवेशमा प्राथमिकता रहेको कार्यपत्रमा उल्लेख छ ।
नेपालमा प्रमुख लगानीका क्षेत्रहरुमा उत्पादनमूलक, आई।टी, जलविद्युत, खानी, कृषि, पूर्वाधार, उद्योग, पर्यटनलगायत रहेको सेमिनारमा जानकारी गराइएको थियो ।
सम्मेलनले कोरोना महामारीले असर पारेको नेपाली अर्थतन्त्रलाई लयमा फर्काउन कोरियाली लगाउन भित्र्याउन महत्वपूर्ण भएको एनआरएनएका अध्यक्ष विनाद कुँवरले बताए ।
कुँवरका अनुसार सम्मेलनमा सहभागी कोरियन व्यवसायीहरुले आफूहरुले नेपालको अवस्थाबारे जानकारी पाएकोमा खुशी व्यक्त गर्दै लगानी गर्न सक्ने बताएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका व्यवसायी अरुणराज सुमार्गीलगायत पनि सम्मेलनमा सहभागी रहेका थिए ।
Skillbee#Skills 4 Reasons Your Digital Marketing Fails Everyone knows the frustration. You've tried every digital…
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…