Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the everest-backup-pcloud domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6121
नेपालगञ्ज–मानसरोवर माउन्टेन फ्लाइट शुरू हुँदै - Nava Awaaj
Omnipress Guternberg Blocks
News Blogs
Easy booking- travel with us

Recent Posts

Archive

Categories

Mauris ac fermentum quam, vel porta mi. Suspendisse potenti. Curabitur sit amet nulla.

Best beach holidays
Fashion
Clasic Camper Van
Travel
Building transportation industrial
Technology
Enjoying Live Music
Entertainment
Food week - huge discount

नेपालगञ्ज–मानसरोवर माउन्टेन फ्लाइट शुरू हुँदै

सिराज खान 

नेपालगञ्ज, माघ ९ गते । नेपालगञ्जबाट सोझै मानसरोवरको दर्शन पाउने गरी माउन्टेन फ्लाइट माघ १६ गतेबाट शुरु हुने भएको छ । यो उडान शुरु भएसँगै भारतीय र नेपाली धार्मिक पर्यटकहरुले जहाजबाटै सहज रुपमा कैलाश मानसरोवर दर्शन गर्न पाउनेछन् । 

सो माउन्टेन फ्लाइटका लागि नाट्टा बाँके र बुद्ध एअर नेपालगञ्जबीच सम्झौता गरिएको छ । सम्झौता पत्रमा नाट्टा बाँकेका तर्फबाट अध्यक्ष श्रीराम सिग्देल र बुद्ध एअर नेपालगञ्जका तर्फबाट स्टेशन म्यानेजर विनीत शाहले हस्ताक्षर गर्नुभएको छ । 

९० मिनेटको सो माउन्टेन फ्लाइटका क्रममा कैलाश मानसरोवरसँगै रारा ताल र शे–फोक्सुन्डो ताल पनि अवलोकन गराइनेछ । 

यसअघि भारतीय पर्यटक मानसरोवर पुग्न काठमाडौँ आएपछि नेपालगञ्जमा पुगेर हुम्ला सिमकोटमा पुग्नुपर्छ । त्यहाँबाट हिँड्दै वा हेलिकोप्टर चार्टर गरेर मानसरोवर जानुपर्ने झन्झटिलो बाध्यता थियो । 

नेपालगञ्जमा माघ १४ गतेदेखि शुरु हुन गइरहेको दोस्रो वेष्टर्न ट्राभल मार्टमामा भाग लिन पुगेका ७५ भारतीय टूर अपरेटरहरुलाई कैलाश मानसरोवर दर्शन गराएर सो माउन्टेन फ्लाइटको शुभारम्भ गरिनेछ ।

त्यसपछि हप्तैपिच्छे वा अफर आएको बेलामा नेपालगञ्जबाट जहाजमा कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट जारी राखिनेछ । 

नेपालगञ्जदेखि कैलाश मानसरोवरमा बुद्ध एयरको ७२ सिटे जहाजमार्फत गराइने हवाई दर्शनले पर्यटन विकासमा ठूलो टेवा पु¥याउने विश्वास लिएको पर्यटन व्यवसायी दिवाकर खनालले भन्नुभयो ।  

यस्तै, पर्यटन व्यवसायी डा. ओम मिश्रकाअनुसार पर्यटकीय हिसाबले पश्चिम नेपालका रारा, फोक्सुन्डोदेखि मानसरोवर र खप्तड धेरै उत्कृष्ट पर्यटकीय गन्तव्यमा उडानका कारण पर्यटनमा नयाँ आयाम थपिनेछ । 

सम्बन्धित खबर