जसअनुसार नेपालगन्जमा दादुरा संक्रमितको संख्या बढ्दो क्रममा रहेको । स्वास्थ्यकर्मीहरूका अनुसार दैनिक १५ जनाभन्दा बढी संक्रमित भेटिएका छन्।
यहाँका १० वटा वडामा संक्रमित फेला परेका हुन्। उपमहानगरको १, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा दादुराका संक्रमित देखिएका हुन् ।
सबैभन्दा धेरै वडा नं. ८ मा २९ जना संक्रमित फेला परेका छन् । वडा नं. ७ मा २८, वडा नं. ११ मा २१, वडा नं. ५ मा १५ जना संक्रमित भेटिएका हुन् । बाँकेको खजुरामा दुई जना संक्रमित भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। नेपालगन्ज उपमहानगरपालिका–५ मा दादुराले सिकिस्त भएका ३१ महिने बालकको पुस १३ मा मृत्यु भएको थियो ।
भेरी अस्पतालमा उपचार भइरहेका बिरामीसँग अस्पतालले शुल्क लिएको विषयमा भने स्वास्थ्यकर्मीले आक्रोश पोखेका छन्।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले संक्रमण फैलिएको नेपालगन्जमा संक्रमितलाई भेरी अस्पतालले नि:शुल्क उपचार गर्नुपर्नेमा शुल्क लिएर काम गर्न अप्ठेरो पारेको बताए।
नेपालगन्जमा संक्रमितको संख्या बढ्दै गएपछि चार दिनदेखि दादुराविरुद्धको खोप अभियान चलाइएको छ। संक्रमण देखिएका वडाका ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको छ। स्वास्थ्य कार्यालयले १० हजार ९ सय ९६ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।
पछिल्लो समयमा स्वास्थ्य मन्त्रालयले पनि नेपालगन्जमा देखिएको दादुराप्रति चासो दिएर स्वास्थ्य सेवा विभागको टोली नेपालगन्ज पठाएको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो ।