wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतोलाई निवर्तमान शेरबहादुर देउवा सरकारले सम्मान गरेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबार भएको बैठकमा बोल्दै उनले महतो अपराधी भए समाजसेवी पदक किन दिनुभयो भन्दै प्रश्न गरे ।
उनले भने, ‘उहाँलाई पदक सिफारिस गर्ने निवर्तमान सरकारले अपराधी देखेन । उहाँविरुद्धको मुद्दा अहिलेको होइन, सात वर्षभन्दा बढी भइसक्यो सशस्त्र प्रहरीका असईको हत्या भएको । पहिलेको सरकारले उहाँलाई समात्ने काम किन गरेन ? समात्ने त परै जाओस् उहाँलाई सम्मान गर्ने काम भएको थियो । मन्त्रिमण्डलबाट सिफारिस भएर राष्ट्रपतिबाट घोषणा भएको लिष्टमा उहाँको नाम थियो ।’
लक्ष्मी महतो अहिले आफ्नो पार्टीको सम्पर्कमा नभएको महासेठले बताए । प्रहरी प्रशासनले हिरासतमा लिएको भए सार्वजनिक गर्न माग गरे ।
उनले भने, ‘अहिले प्रहरी प्रशासनले जुन कारबाही गरिरहेको छ । एमाले र एमाले नेताहरुमाथि आरोप लगाइरहेको छ । त्यसमा कुनै सत्यता छैन । सरकार र गृहमन्त्रीलाई भन्न चाहन्छु, तपाईंहरु कानूनअनुसार काम गर्नुस् । उहाँलाई समाउनै पर्नेछ भने समाउनुस् । एमाले र एमाले नेताहरुबाट बाधा अवरोध आउनेछैन ।’
Skillbee#Skills 4 Reasons Your Digital Marketing Fails Everyone knows the frustration. You've tried every digital…
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…