wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनबाट निमनथा फुयालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
काठमाडौंमा शुक्रबार राति सकिएको अधिवेशनले फुयालको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेशनको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए । कार्यसमितिमा निवर्तमान अध्यक्ष हरिप्रसाद भण्डारी पदेन सदस्य रहेका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा विजेन्द्र विक्रम शाह, प्रथम उपाध्यक्षमा मेख बहादुर अधिकारी, द्वितीय उपाध्यक्षमा केशवराज खनाल रहेका छन् । यसैगरी महासचिवमा प्रकाश श्रेष्ठ पुनः दोहोरिएका छन् भने सचिवमा गंगाबहादुर अधिकारी रहँदा कोषाध्यक्षमा गणेश प्रसाद अधिकारी र सह कोषाध्यक्षमा शुरेश कुमार भट्टराई सर्वसम्मत चयन भए ।
यस्तै, सदस्यहरुमा प्रदीपक मुमार घिमिरे, राजेन्द्र महर्जन, राकेश मेहता, उपेन्द्र अधिकारी, पंकज अग्रवाल, आशिष राज श्रेष्ठ, कमल नेपाल, लिलिप कुमार गुप्ता र शिबराज लामिछाने रहेका छन् ।
२०४७ सालमा स्थापना भएको नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत संघ अन्तर्गत रहेको संस्था हो ।
नव निर्वाचित अध्यक्ष फुयालले अहिले पनि सरकारले नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको बताउँदै आफू नेतृत्वको कार्यसमितिले सरकारसँग मसलन्द उद्योगहरुबाट उत्पादित सामग्रीहरु नै प्रयोग गर्नका लागि नीतिगत पहल गर्ने प्रतिवद्धता जनाए । यसैगरी महासचिव श्रेष्ठले संस्थाले सरकारले भन्दै आएको आर्थिक समृद्धिको नारालाई सार्थक तुल्याउन सरकारसँग सहकार्य र सँगसँगै आफूहरुका माग पुरा गराउन दवाव पनि दिने बताए ।
Skillbee#Skills 4 Reasons Your Digital Marketing Fails Everyone knows the frustration. You've tried every digital…
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…