wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114धेरैजसो व्यक्तिले फ्लुको लक्षण देखिनुभन्दा एक दिनअघिदेखि लक्षण देखिएको ५-७ दिनसम्म अर्को व्यक्तिमा संक्रमण सार्न सक्छन्, फ्लु संक्रमितहरू स्वस्थ नभइन्जेलसम्म उनीहरूको निकट सम्पर्कबाट जोगिनु नै बुद्धिमानी हुन्छ
काठमाडौँ — चिसो मौसम सुरु हुनासाथ ‘फ्लु’ अर्थात् ‘इन्फ्लुएन्जा’ले नसताउने विरलै होलान् । बोलीचालीको भाषामा ‘मौसमी रुघाखोकी’ भनिने इन्फ्लुएन्जामा खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाकबाट पानी बग्ने/बन्द हुने, थकाइ, जीउ दुख्नेलगायत विभिन्न लक्षण देखिन्छन् ।
केही व्यक्तिमा वाकवाकी, बान्ता, पखाला, घाँटीमा खसखस लाग्ने पनि हुन्छ । अधिकांशमा ‘फ्लु’ को लक्षण एकदेखि दुई साता रहन्छ तर घरमा बसेर सामान्य स्वास्थ्य स्याहार गरे स्वस्थ हुन समय लाग्दैन ।
‘इन्फ्लुएन्जा’ ले गर्दा श्वासप्रश्वास प्रणालीमा संक्रमण हुने भएकाले पीडितलाई भाइरल वा ब्याक्टेरियल निमोनिया (फोक्सोको संक्रमण) सँगै अन्य संक्रमणको खतरासमेत हुन्छ । फ्लुबाट कुल संक्रमितको ०.१ प्रतिशतको मात्र मृत्यु हुन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अन्तर्गत इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा.अभियान गौतम बताउँछन् । ‘०.१ प्रतिशत एकदम न्यून लागे पनि वास्तवमा फ्लुको संक्रमण परालको आगोझैं अत्यधिक मात्रा र संख्यामा फैलिन्छ,’ उनले भने, ‘हजार जनामा संक्रमण भयो भने एक जनाको मृत्यु हुन सक्ने सम्भावना हुन्छ । एक लाख जना संक्रमित भए सय जनाको ज्यान गुम्ने खतरा हुन्छ ।’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वभरमा यो महामारीबाट ३० देखि ५० लाख गम्भीर बिरामी हुन्छन् भने २ लाख ९० हजारदेखि ६ लाख ५० हजारको श्वासप्रश्वाससम्बन्धी कारणले मृत्यु हुने गरेको छ । नेपालमा बर्सेनि फ्लुले प्रभावित र मृत्यु हुनेहरूको आधिकारिक तथ्यांक उपलब्ध छैन ।
मौसमी इन्फ्लुएन्जा तीव्र श्वासप्रश्वाससम्बन्धी संक्रमण हो । अन्य भाइरल संक्रमणको दाँजोमा फ्लु संक्रमण भएकाहरू बढी गम्भीर रूपले बिरामी हुन्छन् । श्वासप्रश्वास र मुख, नाक आदिबाट निस्किने भाइरस एकबाट अर्को व्यक्तिमा सर्ने भएकाले यसको विस्तारको गति धेरै तीव्र हुन्छ । अझ शरीरमा संक्रमणको कुनै लक्षण नदेखिने समयदेखि नै संक्रमितले अर्को स्वस्थ व्यक्तिलाई फ्लु सार्न सक्छ ।
Skillbee#Skills 4 Reasons Your Digital Marketing Fails Everyone knows the frustration. You've tried every digital…
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…