काठमाडौं । नेकपा (एमाले) सँग विद्रोह गरेर गठन भएको नेकपा (एकीकृत समाजवादी) ले घनश्याम भुसाललाई पनि भित्र्याएको छ । भुसाललाई भोली बस्ने बैठकले महासचिव बनाउने र महासचिव डा. बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने बताइएको छ । भुसाल गत निर्वाचनमा रुपन्देहीबाट स्वतन्त्र उम्मेदवार बनेर चुनावमा पराजित भएका नेता हुन् । आफ्नो विचार र कार्यशैलीप्रति असहमति जनाउनेहरुलाई एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले करौँती चलाउँदै आइरहेका छन् ।
ओलीको विपक्षमा खरो रुपमा उफ्रने नेता भीमबहादुर रावल पनि आँखाको कसिंगर बनेपछि गत मंसिर ४ गतेको निर्वाचनमा अछामबाट टिकट नै पाएनन् । उनी पनि भुसालजस्तै बौद्धिक क्षमता भएका नेता हुन् । २०४८ सालदेखि लगातार अछामबाट चुनाव जित्दै आएका रावलले यस पटक ओलीको उछितो काढ्दा न पार्टीमा गतिलो जिम्मेवारी पाए न टिकट । त्यसैले उनलाई नेकपा (एस) मा भित्र्याउने तयारी भै रहेको जानकारहरुले बताएका छन् ।
त्यसैगरी एमालेका कुनै बेलाका शक्तिशाली नेता बामदेव गौतम पनि यतिबेला पखेटा नभएको पंक्षीजस्तो बन्न पुगेका छन् । नेकपा हुँदा नौजना भित्र रहेका गौतमलाई एमाले अध्यक्ष ओलीले नै पंगु बनाएको आरोप लागेको छ । विभिन्न जिल्लाबाट संघीय निर्वाचन लड्ने आकांक्षा पूरा नभएपछि राष्ट्रियसभा
सांसद बनेर गौतम मनको बिलौना पोख्दै आइरहेका छन् । यिनै राष्ट्रियसभाका सांसद गौतमलाई पनि नेकपा (एस) मा भित्र्याउन वार्ताहरु भैरहेको छ ।
नेकपा (एस) मा जानका लागि नेता गौतमले चारवटा शर्त राखेको समाचार स्रोतले बताएको छ । नेकपा एमालेमा भूमिकाविहीन बनेका नेताहरु विस्तारै नेकपा एसतिर ढल्कने क्रम बढ्न थालेपछि एमालेमा गतिला नेताहरुको खडेरी पर्ने र ओलीको चाकडी गर्नेहरु मात्र बाँकी रहने बताइएको छ । एमालेमा ईश्वर पोख्रेल, शंकर पोख्रेल र प्रदीप ज्ञवाली जस्ता क्षमतावान् नेताहरु चुनाव हार्दा एमालेले मुटुमाथि ढुंगा राखी हाँस्नुपर्ने अवस्था आएको एमाले वृत्तमा चर्चा चलेको छ ।

News Blogs
-
दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए
-
सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रचण्डलाई खनालको आग्रह
-
‘कक्षा छ, कोठा तीन: थपिँदै दुःखका दिन’
-
राष्ट्रपति निर्वाचनः आज मतदाता नामावलीमा समावेश नाममा उजुरी दिन सकिने
-
कन्चटमा गोली हानी प्रहरी जवानद्वारा आत्महत्या
-
सात नेता एमालेबाट निष्कासित
-
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले लगायो ताला
-
प्रदेश १ मा कांग्रेसको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त
-
अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ
-
नागरिकतामा नजिर बनाउँदै गृहमन्त्रीको मुद्दा
-
तामाङ समुदायले मनाए सोनाम ल्होछार पर्व
-
प्रधानमन्त्री मोदी र गुजरात दंगामाथि बनेको बीबीसीको ‘डकुमेन्ट्री’ प्रसारण भारतमा रोक

Recent Posts
Archive
-
दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए
-
सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रचण्डलाई खनालको आग्रह
-
‘कक्षा छ, कोठा तीन: थपिँदै दुःखका दिन’
-
राष्ट्रपति निर्वाचनः आज मतदाता नामावलीमा समावेश नाममा उजुरी दिन सकिने
-
कन्चटमा गोली हानी प्रहरी जवानद्वारा आत्महत्या
-
सात नेता एमालेबाट निष्कासित
-
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले लगायो ताला
-
‘मधेसमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्छु’
