wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114काठमाडौं । गत सोमबारको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या कम्तीमा ३४ हजार १७९ पुगेको छ ।
टर्कीमा मात्र मृत्यु हुनेको संख्या २९ हजार ६०५ पुगेको त्यहाँको आपत्कालीन समन्वय केन्द्र साकोमले जनाएको छ ।
भूकम्पमा परी सिरियामा मृत्यु हुनेको संख्या चार हजार ५७४ पुगेको छ । उत्तरपश्चिमी सिरियाको विपक्षी नियन्त्रित भूभागमा मात्र तीन हजार १६० जनाको मृत्यु भएको सीएनएनले उल्लेख गरेको छ ।
त्यहाँको सरकारी समाचार एजेन्सी सानाका अनुसार भूकम्पमा परी सिरिया सरकार नियन्त्रित भूभागमा एक हजार ४१४ जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार भूकम्पपछि ६ हजारभन्दा बढी भवनहरू भत्कियो । सडकको खराब अवस्था, हिमपातलगायत कारण खोजी तथा उद्धारकार्यमा कठिनाइ भएको थियो ।
उक्त भूकम्पबाट टर्कीमा एक करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । विभिन्न १० प्रान्तका सहर बढी प्रभावित भएका हुन् ।
स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७।८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७।९ किमि गहिराइमा थियो ।
सोमबारै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो । ७.५ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु कहरामनमारस प्रान्तको एल्बिस्तान जिल्लामा रहेको बीबीसीले जनाएको छ ।
Skillbee#Skills 4 Reasons Your Digital Marketing Fails Everyone knows the frustration. You've tried every digital…
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…