मधेस प्रदेशमा मन्त्रिमण्डल विस्ताको बहस जारी छ। केन्द्रमा राजनीतिक भागबण्डा मिलाउँदा मधेस प्रदेशमा जसपा र जनमत पार्टीबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने समझदारी अनुसार जसपाका सरोजकुमार यादव मुख्यमन्त्री बनेका छन्। मधेसको प्रदेश सभामा युवा नेताको उपस्थिति बढेको छ। मधेसलाई समृद्ध बनाउने भन्दै नेकपा माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभामा सक्रिय भएर लागेका छन्। पर्सा क्षेत्र नं १ को (क)बाट निर्वाचित उनले जनअपेक्षा पूरा हुने गरी कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्न