wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114काठमाडौं । पहिलो पटक मन्त्री भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचार र अनियमितता संलग्न कसैलाई पनि नछोड्ने चेतावनी दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर शुक्रबार निलम्बनमा परेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ठाकुर शुक्रबार निलम्वनमा परेका छन् ।
मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको छ । सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको केसीले बताए । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा थिए । यसअघि ९ माघमा त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।
भोजपुरबाट प्रतिनिधिसभाको निर्वाचन जितेर मन्त्री भएका उनले आफ्नो मुख्य काम नै जनतालाई सेवा दिनु रहेको बताएका छन् । हिजो सांंसदमात्र हुँदा पनि सधैं जनताको पक्षमा बोल्ने उनले नेता, सांसद र मन्त्रीले जनताको हितलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै आएका थिए । मन्त्री किराँती २४ दिनभित्रमा तीन पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगेका छन् । उनले गत बिहीबार पछिल्लो पटक अनुगमन गरे । उनी माघ २ गते मन्त्रीमा नियुक्त भएका थिए । उनले विमानस्थलको अवस्था अझै पनि चित्तबुझ्दो नभएको बताए । उनले पहिले जाँदा दिएको निर्देशन कार्यान्वयन भयो कि भएन भनेर अनुगमनमा फेरि गएको जनाएका छन् ।
Skillbee#Skills 4 Reasons Your Digital Marketing Fails Everyone knows the frustration. You've tried every digital…
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…