मलेसिया । क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा मलेसियाको क्वालालम्पुरमा चौथो सन्देश इन्टरनेशनल सोसल अर्वाड सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विधामा अर्वाड प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पौडेलले श्रमिक नेपालीको हकहितको लागि आपूm निरन्तर कृयाशील रहको बताए । उनले मलेसियामा रहेका सबैं नेपालीको सुखदुखमा राजदूतावास सधैं साथमा रहेको बताए । गैरकानुनी ढंगले मलेसियामा बसिरहेका र समस्यामा परेका हजारौं नेपालीलाई उद्धार गरिरहेको स्मरण गर्दै राजदूत पौडेलले रोजगारीमा मलेसिया आउँदा सबैं कुरा बुझेर मात्रैं आउन अनुरोध गरे ।
कार्यक्रमका विशिष्ट अतिथि गैर आवासीय नेपाली संघ एनआरएनए आईसिसि केन्द्रीय सचिव एवम् इन्टरनेशनल सोसल अर्वाडबाट सम्मानित खगेन्द्र न्यौपानेले प्रवासमा रहेका नेपालीको हकहितको निम्ति व्यक्तिगत र संस्थागत रुपमा क्रियाशील रहेको बताए । समस्यामा परेका नेपालीको उद्धार, राहत तथा सहयोगमा आपूm निरन्तर सक्रिय रहेको बताउँदै न्यौपानेले प्रवासमा कमाएको रकम नेपालमा लगानी गर्न आव्हान पनि गरे ।
क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई सम्मान स्वरुप अवार्ड कार्यक्रम गरिएको प्रा.लि.का अध्यक्ष सुनील खड्काले जानकारी दिए । यस बर्ष जिरो माइल (रिमिक्स धमाका) सँगको सहकार्यमा संयुक्त रुपमा कार्यक्रम गरिएको हो । अर्वाड कार्यक्रमपछि भव्य सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरी, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवानसहितको भव्य सांस्कृतिक प्रस्तुति पनि रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि गैर आवासीय नेपाली संघ एनआरएनए आईसिसिका मध्यपूर्व संयोजक एवम् कोभिड हिरो अर्वाडबाट सम्मानित मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ ले अर्वाडले सामाजिक क्षेत्रमा क्रियाशील हुन ऊर्जा थपेको बताए । लामो समयदेखि प्रवासमा रहेर प्रवासी नेपालीजनको हकहितका निम्ति क्रियाशील गोर्खालीले कोभिडको समयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा हिमालयन फुटबल क्लवका अध्यक्ष तथा गैर आवासीय नेपाली संघ एनआरएनए स्पोर्टस एकेडमीका फूटबल मेनेजर सन्तोष कार्की, सहकार्य सस्था जिरो माइलका अध्यक्ष, तथा गैर आवासीय नेपाली संघ एनआरएनए स्पोर्टस एकेडमीका मेनेजर राजेश श्रेष्ठ, गैर आवासीय नेपाली संघ एनआरएनए आईसिसि सदस्य नेत्र के.सी., गैर आवासीय नेपाली संघ एनआरएनए आईसिसि सदस्य तथा मलेसियाका लागि पर्यटन सद्भावनादूत नन्दबहादुर क्षत्रीको उपस्थिति रहेको थियो । यसैगरी गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा, वरिष्ठ लेखक एवम् सामाजिक व्यक्तित्व रामकुमार विष्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, नेपाली जनप्रगतिशील मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका उपाध्यक्ष राकेशप्रसाद महतो, गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका उपाध्यक्ष तथा युवा संयोजक अरुण गिरी, बुद्धिजिवी तथा परोपकारी नेपाली समाज, मलेसियाका अध्यक्ष शंकरप्रसाद आचार्य लगायतकाको उपस्थिति रहेको थियो ।

News Blogs
-
दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए
-
सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रचण्डलाई खनालको आग्रह
-
‘कक्षा छ, कोठा तीन: थपिँदै दुःखका दिन’
-
राष्ट्रपति निर्वाचनः आज मतदाता नामावलीमा समावेश नाममा उजुरी दिन सकिने
-
कन्चटमा गोली हानी प्रहरी जवानद्वारा आत्महत्या
-
सात नेता एमालेबाट निष्कासित
-
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले लगायो ताला
-
प्रदेश १ मा कांग्रेसको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त
-
अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ
-
नागरिकतामा नजिर बनाउँदै गृहमन्त्रीको मुद्दा
-
तामाङ समुदायले मनाए सोनाम ल्होछार पर्व
-
प्रधानमन्त्री मोदी र गुजरात दंगामाथि बनेको बीबीसीको ‘डकुमेन्ट्री’ प्रसारण भारतमा रोक

Recent Posts
Archive
-
दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए
-
सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रचण्डलाई खनालको आग्रह
-
‘कक्षा छ, कोठा तीन: थपिँदै दुःखका दिन’
-
राष्ट्रपति निर्वाचनः आज मतदाता नामावलीमा समावेश नाममा उजुरी दिन सकिने
-
कन्चटमा गोली हानी प्रहरी जवानद्वारा आत्महत्या
-
सात नेता एमालेबाट निष्कासित
-
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले लगायो ताला
-
हिन्दु धर्म विश्वको सजिलो धर्मः त्रिशक्ति सिद्धबाबा
-
हाम्रा सरकारी विदाहरू धेरै भए, पुनर्विचार आवश्यक छः प्रधानमन्त्री प्रचण्ड
-
स्वाभिमानको रक्षा गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
-
स्वतः विजयी भएको घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै
