काठमाडौं । काठमाडौंको थापाथली क्याम्पसमा विद्यार्थी नेताहरुबीच झडप भएको छ । नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुबीच झडप भएको हो ।
झण्डा राख्न नपाइने ठाउँमा अखिल क्रान्तिकारीले झण्डा राखेको र त्यो झण्डा नेविसंघका विद्यार्थीले हटाएको विषयमा विवाद भएपछि झडप भएको हो । झडपपछि अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ र स्थिति सामान्य बनेको छ ।
विवाद समाधानका लागि दुई पक्षबीच क्याम्पसमा नै वार्ता भइरहेको छ । नेविसंघनिकट विद्यार्थीहरुले क्याम्पस परिसरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ‘हामी आउँछौ कलेज पढ्न,अरु आउँछन् विद्यार्थी कुट्न’ जस्ता प्लेकार्ड लिएर प्रदर्शन गरिरहेका छन् ।