Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the everest-backup-pcloud domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6121
राजनीतिको खास्टोभित्र अपराध - Nava Awaaj
Omnipress Guternberg Blocks
News Blogs
Easy booking- travel with us

Recent Posts

Archive

Categories

Mauris ac fermentum quam, vel porta mi. Suspendisse potenti. Curabitur sit amet nulla.

Best beach holidays
Fashion
Clasic Camper Van
Travel
Building transportation industrial
Technology
Enjoying Live Music
Entertainment
Food week - huge discount

राजनीतिको खास्टोभित्र अपराध

यसै सन्दर्भमा गृहमन्त्रीले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रशासनलाई पत्र लेखेको सन्दर्भको व्यापक चर्चा भइरहेको छ । यस्तो व्यक्तिले चुनाव जितेर संसद् प्रवेश गरी एउटै लाइनमा बसेर सभामुखको चुनावमा भोट हाल्दासम्म गृहमन्त्रीले नचिन्नु र संसद्भवनको सुरक्षाको जिम्मेवारी लिएर परिचयपत्र हर्दै सांसदहरूलाई भित्र पठाउने अधिकार पाएको प्रहरी प्रशासनले कोइरीको पत्तो नपाउनुको रहस्य नखोली सुखै छैन, खुल्दै जानेछ पनि ।

उता बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र हत्याका आरोपी लुम्बिनी प्रदेशसभाका सांसद बादशाह कुर्मीमाथि कारबाहीको माग गर्दै केही महिला पुस–माघको चिसोमा २६ दिनदेखि माइतीघरमा न्यायका लागि दिउँसै लालटिन बालेर सरकार खोजिरहेका छन् । तर लालटिनको धिपधिपे उज्यालो न नजिकैको सिंहदरबारसम्म पुग्न सकेको छ न त दिनहुँजसो सोही बाटो भएर बानेश्वरको संसद्भवन पुग्ने सांसदसम्म नै । निर्मलाको न्यायका लागि आन्दोलनरत रुबी खानहरूको आवाज किन धीमा लाग्छ सरकारलाई ? के निमुखा भएकैले यिनको आवाज नसुनिएको हो ? यसअघिका आन्दोलनमा आश्वासनका पोका बोकाएर पठाएको सरकारले धोका मात्र दिएको भन्दै अब न्याय नपाई नेपालगन्ज नफर्कर्ने कसमका साथ ठन्डीसँग पौंठेजोरी खेलिरहेका रुबी खानहरूलाई यो सरकारले न्याय दिनेछ या यसै बेवास्ता गरिरहनेछ, हेर्न बाँकी छ ।

आन्दोलनका क्रममा घाइते भएका सुरक्षाकर्मीलाई एम्बुलेन्सबाट थुतेर निर्मम तरिकाले हत्या गरेको आरोपमा जनकपुर उच्च अदालतले दोषी करार गरेको व्यक्ति कोइरी र एउटी एकल महिलाको सम्पत्ति हडप्नकै लागि अपहरण, शरीर बन्धक तथा हत्या गरेको आरोप लागेको कुर्मी दुवै चुनाव जितेर आएका व्यक्ति हुन् । कोइरी केपी शर्मा ओलीको कृपामा नेकपा एमालेको तर्फबाट टिकट पाएर महोत्तरीबाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भए भने कुर्मी नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशको प्रदेशसभाको सांसद ।

कोइरीले २०७२ सालमा आन्दोलनका क्रममा घाइते भएका सशस्त्रका जवान थम्मन विकलाई अत्यन्त निर्मम तरिकाले हत्या गरी हिलो धानखेतमा फालेको र यही अपराधमा उच्च अदालत जनकपुरले दोषी करार गरी हत्या अभियोगमा कैद सजाय सुनाएको थियो । तर ती व्यक्ति जनप्रतिनिधिका रूपमा निर्बाध विधायकी संसद्मा गइरहेका थिए । उता अपराधी पक्रने जिम्मा पाएको प्रहरी प्रशासनले कोइरीलाई फरारको सूचीमा राख्यो र आँखामा पट्टी बाँधेर र कानमा तेल हालेर बस्यो । अर्कातिर पतिको मृत्यु भएपछि निर्मलाका दुवै छोराको केही दिनको अन्तरमा रहस्यमय मृत्यु र लगत्तै उनको अपहरण र हत्या भएको भन्दै सम्पत्ति हडप्नकै लागि जेठाजु नाता पर्ने कुर्मीले नै यो सब गरेका हुन् भन्दै नेपालगन्ज प्रहरीमा उजुरी परेको थियो । उजुरीउपर प्रहरी प्रशासनले छानबिन गर्नु त परकै कुरा दर्तासमेत गरिएन । उल्टै आरोपी कुर्मीलाई नेपाली कांग्रेसले प्रदेश सांसदमा उठायो ।

त्यसबेला बाँके प्रहरीले मुद्दा दर्ता पनि नगरेको र यस सम्बन्धमा अनुसन्धान पनि नगरेको भन्दै निर्मलाको न्यायका लागि नेपालगन्जका महिलाहरू पैदलै काठमाडौं आएका थिए । माइतीघरमा बसेर संघीय सरकारको ध्यानाकर्षण गराउने कोसिस गरे तर उल्टै उनीहरूमाथि नै प्रहरी प्रशासन खनिएर लछारपछार गर्‍यो । अन्ततः कुर्मीलाई पक्राउ गर्ने आश्वासन लिएर उनीहरू फर्के । तर निर्मलाको मुद्दा दर्ता गरी अनुसन्धान हुनुको सट्टा शेरबहादुर देउवा सरकारमै हुँदा उनकै पार्टीले कुर्मीलाई टिकट दिएर पुरस्कृत गर्‍यो ।

सम्बन्धित खबर