काठमाडौं । राष्ट्रपतिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
आज दिउँसो बालुवाटारमा भएको छलफलमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
एमाले अध्यक्षले ओली प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुँदा भएको सहमतिअनुसार एमालेले राष्ट्रपतिको उमेदवार उठाउने र त्यसैमा सहमति हुने दाबी गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा सर्वसहमति हुनुपर्ने बताउँदै आएका छन् ।