Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114
विद्यार्थीले लगाए विद्यालयमा ताला - Nava Awaaj

विद्यार्थीले लगाए विद्यालयमा ताला

राजकुमार भट्टराई

खोटाङ, माघ ७ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन् । प्रधानाध्यापक रामदेव यादवले लापरबाही गरेको भन्दै विद्यार्थीले विद्यालयको प्रशासन कार्यकालमा ताला लगाएका हुन् । 

विद्यालयमा माघ २ गतेसम्मका लागि हिउँदे बिदा गरिएको थियो । सरकारले माघ २ गते सार्वजनिक बिदा दिएका कारण विद्यालय ३ गतेबाट सञ्चालनमा आउनुपर्ने थियो । ३ गतेदेखि नै विद्यालयका ढोकाहरू खुले पनि प्रधानाध्यापक यादवसहित अन्य ५ जना शिक्षक विद्यालयमा अनुपस्थित रहेको विद्यार्थीको भनाइ छ ।

माघ ५ गते बिहीबारसम्म पनि शिक्षकहरूको अत्तोपत्तो नभएपछि विद्यार्थी आक्रोशित बन्दै विद्यालयमा ताला लगाएका छन् । विद्यालयमा उत्पन्न समस्या समाधानको माग गर्दै विद्यार्थीले वडामा निवेदनसमेत दिएको राजापानीका वडाध्यक्ष अनीश कार्कीले बताउनुभयो ।

वडाध्यक्ष कार्कीलगायत जनप्रतिनिधि शुक्रबार गएर प्रधानाध्यापक आएपछि छलफल गर्ने गरी विद्यालयको ताला खोल्न अनुरोध गर्दा पनि विद्यार्थीले नमानेको वडा अध्यक्ष कार्कीले बताउनुभयो । प्रधानाध्यापक यादवले पटक पटक विद्यालयमा लापरबाही गरेको विद्यार्थीको आरोप छ । 

आउने सोमबार छलफल गरेर समस्याको समाधान खोजिने वडाध्यक्ष कार्कीले बताउनुभयो । यता प्रधानाध्यापक यादवले भने आफू विद्यालयकै कामले बाहिर रहेको बताउनुभयो । 

हिउँदे बिदामा लहानस्थित घर आएको, कक्षा ११ र १२ का विद्यार्थीको परीक्षा फाराम र राजश्व परीक्षा बोर्ड कार्यालय लहानमै बुझाउनु पर्ने भएकाले आउन केही दिन ढिला भएको उहाँको भनाइ छ । अन्य शिक्षकलाई समयमै विद्यालयमा आउन जान भनेर आफू विद्यालयको कामले मात्र बाहिर निस्कनेगरेको प्रधानाध्यापक यादवले प्रतिक्रिया दिनुभयो ।