Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114
विद्यावारिधि भर्सेस राजनीति ! - Nava Awaaj

विद्यावारिधि भर्सेस राजनीति !

विशुद्ध राजनीति गर्ने थलो थला पारेर विश्वविद्यालयहरूलाई अशुद्द राजनीतिको क्रिडास्थल बनाएका छन्, जुन अराजनीति र अराजकता हो।

राजनीति व्यक्तिको शरीरदेखि सुरु भएर घर, परिवार, समाज, गाउँ देश हुँदै राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चदेखि संयुक्त राष्ट्र संघसम्म गरिन्छ। राजनीतिको सीमा र क्षेत्र व्यापक र जताततै छ। त्यसैले राजनीतिलाई सर्वव्यापी भनिन्छ। ‘पोलिटिकल साइन्स इज द साइन्स अफ अल साइन्सेज’ भनेर राजनीतिशास्त्रमा पढाइन्छ। राजनीति सबै नीतिहरूको मूल नीति हो। राजनीति त्यस्तो व्यवस्था हो जसले देशका हरेक नीति जस्तै शिक्षाको अवस्थासमेत निर्धारण गर्छ।

राजनीति दर्शन, विज्ञान, अर्थ, कूटनीति धर्म, संस्कार र संस्कृति परिवेश सबै सबै हो। राजनीतिलाई शिक्षा, स्वास्थ्य, सुरक्षा, सेवा, सर्त र सौजन्य पनि मानिन्छ। त्यसैले विश्वविद्यालयहरूमा राजनीति गर्न बर्जित र बन्देज गरिनुपर्छ भन्ने भाष्य र चिन्तन त्रुटिपूर्ण छ। अरस्तु र प्लेटोको परिभाषाअनुसार, ‘ती हरेक चिजहरू राजनीति हुन्, जसले सम्पूर्ण समुदायलाई प्रभावित गर्छ।’ यसरी राजनीतिलाई यथार्थ ढंगले परिभाषित र परिचित गराउन नसक्दा यस्तो तर्क सोच र विचार आएको देखिन्छ। यसको जिम्मेवारी विश्वविद्यालय तहका प्राज्ञिक बौद्धिक वर्ग र नीति निर्माण तहमा बस्ने विज्ञजनले लिनुपर्छ।

राजनीति के हो ? अराजनीति के हो ? भन्नेबारे किन सुसूचित गराउन सकिएन ? बुझाउन जानिएन ? देशको प्रधानमन्त्रीसमेत विश्वविद्यालयमा राजनीति गर्नु हुन्न किन भन्छन् ? विश्वविद्यालयमा राजनीति गर्नुपर्छ भनेर खुलेआम किन भन्न सक्दैनन् ? राजनीति गर्ने उपयुक्त स्थल विश्वविद्यालय हो नि होइन र ? पूर्वप्रधानमन्त्री केपी ओलीले विश्वविद्यालयको उपल्लो स्तरको शैक्षिक उपाधिलाई किन केही होइन भनेर अवमूल्यन 
गर्छन् ? पीएचडी केही पनि होइन भन्नु अल्पज्ञान, मन्द ज्ञान र अहंबाहेक के होला ? बरू पिएचडी गरेका मान्छेसमेत ठिक भएनन् भन्नु बेगल कुरा हो। विद्यावारिधि या त्योभन्दा पर डिलिट गरेका उत्पादन यदाकदा योग्य नहुन सक्छन्। तिनमा खोट पाइएला। अपर्याप्तता होलान् तर व्यक्तिको अयोग्यतालाई शैक्षिक उपाधिको मानहानीसँग दाँज्न मिल्दैन।

देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले आफ्नो शैक्षिक जनशक्तिलाई यत्रो अण्डर स्टिमेट ? व्यक्तिको क्षमतामा प्रश्न गर्न सकिन्छ तर एउटा व्यक्तिको क्षमतालाई समग्र उपाधिको मूल्यसँग गिराउन मिल्दैन। एउटा प्रचलित भनाइ छ, ‘नपढेका मूर्खभन्दा पढेका मूर्ख ज्यादा खतरनाक हुन्छन्।’ नपढेका मूर्खले कम हानि गर्छन् तर पढेका मूर्खले धेरै क्षति पुर्‍याउँछन्। पूर्व प्रधानमन्त्री ओलीले यसो भन्नु भएको भए समग्र पिएचडीको बदनाम र मानमर्दन हुँदैनथ्यो कि ? प्राज्ञिक र बौद्धिक वर्गको अपमान गरेर हेलाहोचो गरेर देशको मर्यादा अभिवृद्धि हुँदैन।