सुरेन्द्र बहादुर खत्री सिलवाल
भक्तपुर । भक्तपुरमा शायद सबैले चिनेका छन् अंगत खड्कालाई । समाजसेवीमा सदैव अग्रसर रहने खड्का आफूलाई कसरी समाजसेवामा समर्पित गरौं भन्ने चिन्ता छ उनलाई ।
भक्तपुरमा चुनाव जितेर आएका जनप्रतिनिधि भन्दा उनलाई जनताले एकदमै रुचाएका छन् । दुःखमा परेका मानिसहरुको उद्दार गर्ने गरेकोले उनको चर्चा अहिले भक्तपुरमा ब्यापक छ ।
कोभिड–१९ बेला भक्तपुरका मानिसहरु र त्यहाँ बसोबास गर्ने विद्यार्थी, मजदुरलगायतलाई उनले निकै सहयोग गरेका थिए । त्यसैले उनको नाम सधैं भक्तपुरबासीले लिने गरेका गर्छन् ।
उनले मेहनत र परिश्रम गरेर कमाएको धनलाई आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई उद्दार गर्न लागिपरेका कारण उनको चर्चा सधैं भक्तपुरबासीलगायत आसपासमा चलेको हाम्रा संवाददाताले बताएका छन् ।