wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114काठमाडौं । ग्यास लिकपछि भएको आगलागीबाट जलेर ज्यान गुमाएकी कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको अन्येष्टि गरिएको छ ।
पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । भण्डारीको पार्थिव शरीरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता बालकृष्ण खाण, तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङलगायतका नेताहरूले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । पार्टीका अन्य नेता(कार्यकर्ता, आफन्त तथा शुभेच्छुक पनि अन्तिम संस्कारमा पुगेका थिए ।
बुधबार राति बुद्धनगरस्थित घरमा खाना पकाउने सिलिन्डरबाट ग्यास लिक भई आगलागी हुँदा भण्डारीका आमाछोरा जलेर घाइते भएका थिए । ८९ वर्षीया आमा हरिकलाको बिहीबार बिहान कीर्तिपुरस्थित बर्नर सेन्टरमा उपचारको क्रममा निधन भएको थियो ।
सांसद भण्डारीलाई बिहीबार दिउँसो थप उपचारका लागि श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको छ । उनको नेशनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ ।
Skillbee#Skills 4 Reasons Your Digital Marketing Fails Everyone knows the frustration. You've tried every digital…
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…