Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the everest-backup-pcloud domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6121
सुशासन र समृद्धिका लागि शिक्षा क्षेत्रको भूमिका अग्रणीः प्रधानमन्त्री - Nava Awaaj
Omnipress Guternberg Blocks
News Blogs
Easy booking- travel with us

Recent Posts

Archive

Categories

Mauris ac fermentum quam, vel porta mi. Suspendisse potenti. Curabitur sit amet nulla.

Best beach holidays
Fashion
Clasic Camper Van
Travel
Building transportation industrial
Technology
Enjoying Live Music
Entertainment
Food week - huge discount

सुशासन र समृद्धिका लागि शिक्षा क्षेत्रको भूमिका अग्रणीः प्रधानमन्त्री

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड०’ ले सामाजिक न्याय, सुशासन र समृद्धि प्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

पोखरा विश्वविद्यालयको अठारौँं दीक्षान्त समारोहलाई आज विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा–३० खुदी, ढुङ्गेपाटनमा सम्बोधन गर्दै उहाँले सरकार संविधानको व्यवस्था अनुरुप निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सङ्घीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको बताउनुभयो ।

सङ्घीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवम् समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताउँदै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका उहाँले शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावहरूको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्ने बताउनुभयो ।

विश्वविद्यालयबाट दीक्षित विद्यार्थीले विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्र्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमबाट स्वदेशमा नै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाइँहरूको काँधमा छ । ” भूकम्प, कोभिड, रसिया युक्रेनयुद्ध लगायतले विश्वव्यापी अर्थतन्त्रमा पारेको असर र त्यसबाट नेपालको अर्थतन्त्रमा पारेको बाछिटालाई न्यूनीकरण गर्न राज्यले तपाईहरूको ज्ञान र सीपको अपेक्षा गरेको उहाँको भनाइ थियो । “अर्कोतर्फ वातावरणीय र जलवायु परिवर्तनका कारण भविष्यमा आउन सक्ने सङ्कटबाट मुलुकलाई जोगाउने जिम्मेवारी तपाईहरूको काँधमा आएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

विश्वविद्यालायबाट प्राप्त ज्ञानलाई मुलुकमा उत्पादन, रोजगारी सिर्जना, शान्ति, स्थिरता र समग्र विकासको क्रमसँग जोड्न सक्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि सिकाइलाई जीवनपर्यन्त प्रयोगमा ल्याउने, भावी पुस्तालाई उक्त ज्ञानको हस्तान्तरण गर्ने र नवप्रवर्तन र उद्यमशीलता प्रयोग गरी समाजको रुपान्तरणमा ठोस् योगदान पु¥याउनुपर्ने बताउनुभयो । विभिन्न विधामा प्राप्त सैद्धान्तिक एवम् व्यावहारिक ज्ञानलाई मुलुककको आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा देखिएका चुनौतीलाई सामाना गर्दै अवसरमा बदल्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । राज्यले प्राथमिकता क्षेत्र निर्धारण गरेका विषयमा अध्ययन अध्यापन तथा अनुसन्धानलाई जोड दिँदै शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगका विविध पक्षलाई सम्बोधन गरी विश्वविद्यलायले आफ्ना नीति तथा कार्यक्रमलाई विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।

बर्सेनि सीमान्त्कृत, पिछडिएका विपन्न परिवारका सयौँको सङ्ख्यामा विश्वविद्यालयले निःशुल्क छात्रवृत्ति दिनु सामान्य विषय नभएको भन्दै उहाँले विश्वविद्यालयको उद्देश्यलाई राज्यका तर्फबाट पूर्ण समर्थन र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । आफू कास्कीमा नै जन्मेको उल्लेख गर्दै उहाँले यो जिल्ला शिक्षा, स्वास्थ्य, पर्यटन र साहसिक खेलको धेरै सम्भावना बोकेको ठाउँ हो भन्नुभयो । “पोखरा विश्वविद्यालयले अन्य विश्वविद्यालयको तुलनामा शैक्षिक र स्वास्थ्य पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिन सक्दछ भन्ने कुरामा विमति छैन”, उहाँले भन्नुभयो ।

विश्वविद्यलायले ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गरी विभिन्न क्षेत्रमा सक्षम नेतृत्व प्रदान गर्न योग्य, दक्ष, वैज्ञानिक, नवप्रवद्र्धनात्मक, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानवसंशाधन विकास गर्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिनुभयो । उक्त अवसरमा प्रधानमन्त्री दाहालले विभिन्न विधामा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई पदक प्रदान गर्नुभएको थियो ।

सम्बन्धित खबर