गाेरखापत्र अनलाइन
ललितपुर, माघ ९ गते । नेपाल स्काउटको ५१ औँ उडव्याज तथा ४४ औँ गर्ल्स स्काउट एडभान्स तालिम सम्पन्न भएको छ ।
गोदावरीस्थित सेन्ट जेभियर्स स्कुलमा माघ २ गतेदेखि माघ ८ गतेसम्म सञ्चालित तालिममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले प्रमाणपत्र वितरण गरेर सम्पन्न गर्नुभयो ।
तालिमका कोर्ष लिडरहरूमा पुरुषतर्फ सत्यनारायण शाही र महिला तर्फ विजयश्वरी अमात्य हुनुन्थ्यो ।
प्रमुख अतिथि लोक बहादुर भण्डारीले स्काउटिङ्ग शिक्षा बालबालिकाको सर्वाङ्गीण विकास र प्राकृतिक विपतको साथी भएको टिप्पणी गर्नुभयो । स्काउट शिक्षाले विद्यालय तहका बालबालिकाहरूलाई असल नागरिक बनाएर सक्षम व्यक्ति जन्माउने भएकाले स्काउट तालिम आवश्यक रहेको उहाँले जोड दिनुभयो ।