राजकुमार भट्टराई
खोटाङ, माघ ७ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन् । प्रधानाध्यापक रामदेव यादवले लापरबाही गरेको भन्दै विद्यार्थीले विद्यालयको प्रशासन कार्यकालमा ताला लगाएका हुन् ।
विद्यालयमा माघ २ गतेसम्मका लागि हिउँदे बिदा गरिएको थियो । सरकारले माघ २ गते सार्वजनिक बिदा दिएका कारण विद्यालय ३ गतेबाट सञ्चालनमा आउनुपर्ने थियो । ३ गतेदेखि नै विद्यालयका ढोकाहरू खुले पनि प्रधानाध्यापक यादवसहित अन्य ५ जना शिक्षक विद्यालयमा अनुपस्थित रहेको विद्यार्थीको भनाइ छ ।
माघ ५ गते बिहीबारसम्म पनि शिक्षकहरूको अत्तोपत्तो नभएपछि विद्यार्थी आक्रोशित बन्दै विद्यालयमा ताला लगाएका छन् । विद्यालयमा उत्पन्न समस्या समाधानको माग गर्दै विद्यार्थीले वडामा निवेदनसमेत दिएको राजापानीका वडाध्यक्ष अनीश कार्कीले बताउनुभयो ।
वडाध्यक्ष कार्कीलगायत जनप्रतिनिधि शुक्रबार गएर प्रधानाध्यापक आएपछि छलफल गर्ने गरी विद्यालयको ताला खोल्न अनुरोध गर्दा पनि विद्यार्थीले नमानेको वडा अध्यक्ष कार्कीले बताउनुभयो । प्रधानाध्यापक यादवले पटक पटक विद्यालयमा लापरबाही गरेको विद्यार्थीको आरोप छ ।
आउने सोमबार छलफल गरेर समस्याको समाधान खोजिने वडाध्यक्ष कार्कीले बताउनुभयो । यता प्रधानाध्यापक यादवले भने आफू विद्यालयकै कामले बाहिर रहेको बताउनुभयो ।
हिउँदे बिदामा लहानस्थित घर आएको, कक्षा ११ र १२ का विद्यार्थीको परीक्षा फाराम र राजश्व परीक्षा बोर्ड कार्यालय लहानमै बुझाउनु पर्ने भएकाले आउन केही दिन ढिला भएको उहाँको भनाइ छ । अन्य शिक्षकलाई समयमै विद्यालयमा आउन जान भनेर आफू विद्यालयको कामले मात्र बाहिर निस्कनेगरेको प्रधानाध्यापक यादवले प्रतिक्रिया दिनुभयो ।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…
काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा…
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ…