अयोध्या। भारत उत्तरप्रदेशस्थित अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन कालीगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला हस्तान्तरण गरिएको छ।
राममन्दिरका लागि कलात्मक मूर्तिलगायतका सामग्री निर्माणस्थल रामसेवकपुरममा आयोजित विशेष समारोहकाबीच भारतीय पक्षलाई देवशिला हस्तान्तरण गरिएको हो।
नेपालको तर्फबाट जानकी मन्दिर जनकपुरधामका महन्थ रामतपेश्वर दासले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई चतुर्भुज शालिग्रामसहित शिला हस्तान्तरण गर्नुभयो।
महन्थ दासका उत्तराधिकारी रोशन दासले जानकी मन्दिरको तर्फबाट पत्रवाचन गर्दै सो पत्र पनि ट्रष्टका महासचिव रायलाई हस्तान्तरण गर्नुभएको थियो।
शिला बुझ्दै महासचिव रायले जनकपुर र अयोध्याको सम्बन्ध अवर्णनीय रहेको भन्दै यो सम्बन्धलाई देवशिलाले थप प्रगाढ बनाएको बताउनुभयो। उहाँले यो पुनीत कार्यको सफलताका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिनुभयो।
जानकारी मन्दिरका महन्थ दासले युगौँदेखि चलिआएको नेपाल भारतको सांस्कृतिक, धार्मिक, व्यापारिक एवम् नागरिक सम्बन्धलाई देवशिलाले मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। भगवान् राम र माता सीताको वैवाहिक सम्बन्धसँगै यो स्थापित भएको उहाँको भनाइ थियो।
राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले पवित्र देवभूमि नेपालको कालीगण्डकी नदीबाट शिला ल्याउनु एक ऐतिहासिक र पुण्यको काम भएको भन्दै यसबाट दुवै देशले लाभ उठाउने बताउनुभयो।
नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री विमलेन्द्र निधिले राम जन्मभूमिमै आएर शिला हस्तान्तरण गर्नपाउनु आफ्नो सौभाग्य भएको भन्दै यस कार्यलाई सफल बनाउने भारतीय पक्षका सबै अधिकारीलाई नेपालको तर्फबाट आभार व्यक्त गर्नुभयो।
माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिला माघ १६ गते जनकपुरधामबाट अयोध्यातर्फ प्रस्थान गरेकामा बुधबार अयोध्या पुगेको थियो।
शिलालाई राममन्दिरको गर्भभागमा राखी रामको बालस्वरुप बनाइने छ। आगामी जनवरी २०२४ मा मन्दिर निर्माण सम्पन्न गरी उद्घाटन गर्ने लक्ष्यका साथ काम भइरहेको मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले जानकारी दिनुभएको छ।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…
काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा…
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ…