समाचार

प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल

रामपुर । आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमीकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् ।

प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरु प्रेमजोडीले भरिभराउ हुन्छन् । नेपालमा पनि पछिल्लो समय प्रणय दिवस मनाउने चलन बढेर गएको छ । आजका दिन पाल्पाको पर्यटकीय रानीमहल पनि यस्तै प्रेमजोडीको रोजाइमा पर्छ ।

कालीगण्डकी नदीमाथि चट्टानसहित बनेको रानीमहल दरबारमा प्रणय दिवसमा पुग्ने कैयौँ प्रेमजोडी भेटिन्छन् आज । यो दिन अन्य दिनको तुलनामा धेरैजसो जोडी बनेर पुग्ने गर्दछन् । वर्षको एक दिन भेटघाट गर्ने, घुमघाम गर्ने र मायाप्रेम साटासाट गर्ने समय निकालेरै रानीमहलमा प्रेमीप्रेमिकाहरु जाने गरेका छन् । पाल्पा र स्याङ्जाको सिमानामा पर्ने सुन्दर रानीमहल दरबार र यहाँको मनोरम वातावरणका कारण पनि प्रमिल जोडी आकर्षित हुने गरेका छन् । यस्ता जोडीहरुले चिटिक्क परेको सुन्दर रानीमहल दरबार र सोही दरबारसँग जोडिएको पवित्र कालीगण्डकी नदीलाई साक्षी राखेर मायाप्रेमका कुरा गर्ने गर्दछन् ।

यहाँ आउने प्रेम जोडीहरुले प्रेम प्रस्ताव गर्ने, गुलाबको फूल एवं विभिन्न उपहार दिएर मायामा रमाउने गरेका हुन्छन् । रानीमहल पुग्ने २५ जोडीलाई तानसेन नगरपालिकाले सम्मानसहित गुलाबको फूल खाजा, खाना तथा बासको व्यवस्थापन गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । नगरपालिकाले तानसेन नगर पर्यटन विकास उपसमितिमार्फत युगल जोडीहरुको भव्य स्वागतको तयारी गरेको छ ।

यस दरबारमा आजका दिनमात्र नभएर बिदाको दिन घुम्न आउने पर्यटकको चहलपहल पनि बढ्दै गएको यस रानीमहलका कर्मचारी विष्णुबहादुर थापा बताउनुहुन्छ । पहिला निःशुल्क अवलोकन गर्ने व्यवस्था रहेकामा अहिले भने रु ५० प्रवेश शुल्क कायम गरिएको छ । पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि करिब १३ किलोमिटर उत्तरमा अवस्थित छ रानीमहल । करिब ११ रोपनी क्षेत्रफलमा रहेको योे रानीमहलमा २४ कोठा छन् ।

यसको परिसरमा मनमोहक बगैँचा, शिवलालय, पानीपोखरी, शिवलिङ्गमा नागनागिनीले जलशेचन गरिरहेको दृश्य, भान्साघर, घोडा बाँध्ने तबेला ठूला घण्टहरु सहितको विभिन्न आकर्षक कलाकृतिहरु देख्न सकिन्छ । विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधानसेनापति खड्गशमशेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए ।

तानसेन नगरपालिकाको बौघागुम्हा र वगनासकाली गाउँपालिकाको खानीगाउँको बीचमा अवस्थित रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकी नदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमुनाले सिङ्गारेर बनाइएको छ ।

रोशन ज्ञवाली

Share
Published by
रोशन ज्ञवाली

Recent Posts

मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

55 years ago

दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रचण्डलाई खनालको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

गण्डकीमा विशेष अधिवेशन बोलाउने सरकारको निर्णय, मिति मुख्यमन्त्रीले तोक्ने

पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पदः भीम रावल

काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

‘कक्षा छ, कोठा तीन: थपिँदै दुःखका दिन’

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ…