रुपन्देही । सिद्धबाबा सुरुङमार्ग पूर्वतयारीका लागि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गर्ने निर्णय गरेको हो ।
सुरुङमार्ग पूर्वतयारीका लागि वैकल्पिक सडक व्यवस्थापन गरेर बिहान ११ बजेदेखि २ बजेसम्म र रातिको समयमा १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।
सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काम रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न तत्कालका लागि १५ दिन राजमार्ग बन्द गरेर काम गर्न दिइने उनले बताए ।
आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र हलुका सवारी साधनहरुका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरोन्नती गरेर मात्र राजमार्ग बन्द गर्न दिइने उनको भनाइ छ ।
आयोजना प्रमुख होमबहादुर एसीका अनुसार सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा पाएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले तत्काल सडकमा स्तरउन्नति गर्ने सहमति भएको छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएको हो ।
सुरुङमार्गको दूरी एक हजार एक सय २६ मिटरको रहनेछ । अहिले सञ्चालनमा रहेको सडकमा भने रकनेट र रकसेडका काम हुनेछन् । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, टंकनाथ खनाल, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायीलगायत चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका आयोजना निर्माण व्यवासयीका प्रतिनिधिको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
निर्माण कम्पनीले सम्झौताअनुसार डीपीआरको काम सकेर सडक विभागलाई बुझाइसकेको छ । विभागले डीपीआर स्वीकृत नगरिसकेकाले अहिले पूर्वतयारीको काम भइरहेको सिद्धबाबामा सुरुङमार्ग योजना कार्यालयले जनाएको छ ।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…
काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा…
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ…