काठमाडौं । इलाम सूर्योदय ११ केराबारीका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम समयमा भुक्तानी गरेको भाटभटेनी सुपरमार्केटले स्पष्ट पारेको छ ।
आज कम्पनीले एक विज्ञप्ति जारी गर्दै आचार्यको नेतृत्त्वमा रहेको कम्पनीको भुक्तानी समयमा गरिएको जनाएको छ ।
“इलाम सूर्योदय ११ केराबारीका युवा प्रेमप्रसाद आचार्यले मंगलबार संसद् भवन बाहिर आत्मदाह गरेको घटनाले हामीलाई अत्यन्त दुःखी र स्तब्ध तुल्याएको छ,” भाटभटेनीका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, “साथसाथै आत्मदाहको अवस्थामा पुगेका स्वर्गीय आचार्यले सामाजिक सञ्जालमा राखेका धारणाले हाम्रो पनि गम्भीर ध्यानाकर्षण भएको छ । आचार्यको निधनप्रति उहाँको परिवारलाई जत्तिको पीडा हामीलाई पनि परेको जानकारी यहाँहरुमाझ गराउन चाहन्छौँ । उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेजस्तो हामीले कहिल्यै पनि ३० प्रतिशत मार्जिनको कुरा गरेका छैनौं । कोरोनाकालमा हामीले देशप्रति देखाएको उत्तरदायित्त्वका कारण त्यसपछिका दिनमा व्यापार व्यवसायमा केही असहजता अवश्य पनि परेको छ ।”
भाटभटेनीले सूर्योदय एग्रो इन्डष्ट्रिज एण्ड फार्म हाउस प्रालिलाई गरेको भुक्तानीको भौचरको प्रतिलिपि पनि विज्ञप्ति साथै पठाउँदै भनेको छ, “हामीले गरेको कारोबारको भुक्तानी समयमा भएको पनि जानकारी गराउदछौं ।”
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…
काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा…
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ…