काठमाडौँ । यातायात मजदुरहरुले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
आज सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र यातायात मजदुरहरुबीच भएको वार्ताबाट यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको हो ।
सोमबार बालाजु क्षेत्रमा यातायात मजदुर तथा व्यवसायीहरुले आगजनी र तोडफोड गरेका थिए । तीनवटा मजदुर संगठनले आज सवारी साधन नचलाउने निर्णय गरेपछि उनीहरूलाई वार्तामा बोलाएको हो ।
मजदुर संगठनको हडतालपछि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी चल्न सकेका थिएनन् । तर, वार्तापछि भने यातायात चल्न सुरु भएको छ ।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…
काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा…
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ…