काठमाडौँ । नेकपा एमालेका बागमती प्रदेश संगठन कमिटीले पूर्व सांसद रामवीर मानन्धरसहित सात नेतालाई कारबाही गरेको छ ।
माघ २९ र फागुन १ गते ललितपुरको च्यासलमा बसेको प्रदेश संगठन कमिटीको पूर्ण बैठकले धादिङका रामवीर मानन्धर र नेत्रराज पौडेलसहित सात जनालाई पार्टीबाट निकाल्ने निर्णय गरेको हो ।
मंगलबार एमाले बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष केशवराज पाण्डेले प्रदेश परिपत्र २८ जारी गर्दै कारबाहीको जानकारी दिएका छन । पौडेल स्थानीय कमिटीको सिफारिस विपरित पार्टी नेतृत्वले टिकट बितरण गरेपछि धादिङ १ क बाट स्वतन्त्र रूपमा प्रदेशसभामा चुनाव लडेका थिए । ।
त्यस्तै मानन्धरले खुला रूपमा अन्य पार्टीका नेताको प्रचार गरेका थिए । त्यस्तै पार्टीबाट कारबाहीमा परेकामा रामकृष्ण लामा, सुमनकुमार लामा, मंग तामाङ, चोकबहादुर दाहाल र उद्धव लुइटेल रहेका छन । उनीहरु पार्टी बिरोधी गतिविधिमा संलग्न, अन्य पार्टी प्रवेश र निर्वाचनमा विद्रोही उम्मेदवारका रुपमा उठेका थिए ।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…
काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा…
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ…