Categories: समाज

सखरखण्डबाट पाइने कार्बोहाइड्रेटले आयु बढाउँछ ?

काठमाडौं ।  जाडोयाममा उत्पादन हुने सखरखण्ड कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, पोटासियम, फस्फोरसको राम्रो स्रोत भएको पोषणविद् डा. भुपाल बानियाँ बताउँछन् ।

‘सखरखण्डमा पाइने यी सबै पोषकतत्त्व शरीरको लागि फाइदाजनक छन्,’ उनी भन्छन् । सखरखण्डमा कार्बोहाइड्रेट हुने हुनाले यो शक्तिबर्द्धक हुन्छ भने यसमा पाइने फाइबरले कब्जियतको समस्या पनि कम गर्छ । रक्तचाप नियन्त्रण गर्न भूमिका खेल्ने सखरखण्डले पाचनप्रक्रियालाई समेत बलियो बनाउने बानियाँ बताउँछन् ।

यसमा  भिटामिन ए र भिटामिन डी समेत उल्लेख्य पाइने हुनाले सखरखण्ड स्वस्थ आँखा र हड्डीका लागि उपयोगी हुने उनको भनाइ छ ।

‘सखरखण्डमा आइरन, फोलेट, कपर, म्याग्नेसियम, भिटामिन पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ,’ बानियाँ भन्छन्, ‘क्यान्सरको कारक तत्त्व मानिने फ्री रेडिकल्ससँग लड्न समेत यसले मद्दत पुर्‍याउँछ ।’

पोषणविद् केपी लम्साल  शरीरलाई ऊर्जा दिने कार्बोहाइड्रेटदेखि विभिन्न खनिज र भिटामिन पाइने सखरखण्ड भाते बानी (भात खानैपर्ने बानी)को राम्रो विकल्प समेत भएको बताउँछन् । सखरखण्ड  खाँदा आँखा स्वस्थ हुने, रोगप्रतिरोधी क्षमता मजबुत हुनेदेखि यसमा भएको पोटासियम र म्याग्नेसियमले रक्तसञ्चारलाई सन्तुलनमा राखी मुटु स्वस्थ बनाउने, घुलनशील फाइबरले शरीरमा खराब कोलेस्टेरोल नियन्त्रण गर्न र पाचन प्रणाली स्वस्थ राख्नसम्म सहयोग गर्छ। सुन्तला रंगको सखरखण्ड पोषणका हिसाबले झनै फाइदाजनक हुने उनी बताउँछन् ।

आयु बढाउन मद्दत गर्छ

जापानको ओकिनावाका बासिन्दा कसरी सय वर्ष बढी बाँच्छन् भन्ने सम्बन्धमा वैज्ञानिकहरूले लामो समयदेखि खोज गर्दै आएका छन् । उनीहरू वंशाणुगत रूपमै यति लामो आयु पो लिएर आएका हुन् कि भनेर उनीहरूको जिनको पनि परीक्षण भएको छ । साथै उनीहरू फरक खानपानले पो यति स्वस्थ हुन्छन् भन्ने अनुमानले उनीहरूको खानपानबारे चासो लिइएको छ ।

पछिल्लो समय ओकिनावामा मानिसहरू के खान्छन् भनेर बढी खोज भएका छन् । नतिजा के देखिएको छ भने ओकिनावाका बासिन्दा खानामा प्रोटिनभन्दा बढी कार्बोहाइड्रेट लिने गरेका छन् । त्यसमा पनि धेरैभन्दा धेरै सखरखण्ड खाने गरेको पाइयो । उनीहरूलाई धेरैजसो क्यालोरी सखरखण्डबाट मिल्छ ।

सिड्नी विश्वविद्यालयका सामन्था सोलोन-बीएट पोषण र उमेर बढ्ने असरबारे अध्ययन गरिरहेका छन् । ‘ओकिनावाका बासिन्दाको खाना अहिलेको अवस्थामा बढी प्रोटिन र कम कार्बोहाइड्रेट भएको खानपानभन्दा ठीक विपरीत छ,’ उनी भन्छन् ।

के त्यसो भए ओकिनावाका बासिन्दाले प्रोटिन कम र कार्बोहाइड्रेटयुक्त खानेकुरा बढी सेवन गरेकाले लामो आयु बाँचेका वा निरोगी भएका हुन् ?

अहिले नै यसको निचोड निकाल्न सकिंदैन । तर अहिलेसम्म भएको अध्ययनले भने यस विषयमा थप गहिरिनुपर्ने अवस्था ल्याइदिएको छ ।

सखरखण्डमा पाइन्छ राम्रो कार्बोहाइड्रेट

रिसर्चबाट थाहा लागेको छ कि धेरै कार्बोहाइड्रेटयुक्त खानेकुरा सेवन गर्नाले हाम्रो शरीरमा यस्ता केही प्रतिक्रिया हुन्छ, जसले उमेर बढ्ने क्रम धीमा गरिदिन्छ । साथै बढी कार्बोहाइड्रेटयुक्त खानेकुराले हामीलाई उमेर बढेसँगै हुने रोग जस्तो क्यान्सर, अल्जाइमर वा मुटुको रोगबाट बचाउँछ ।

यो रिसर्चको ठूलो हिस्सा ओकिनावा सेन्टेनैरियन स्टडीबाट आएको हो । यसअन्तर्गत सन् १९७५ देखि ओकिनावाका बासिन्दाको उमेर र उनीहरूको खानपानबारे अध्ययन भइरहेको छ । ओकिनावाका १५० टापुमा बस्ने सय वर्षभन्दा बढी उमेरका व्यक्तिहरू यसमा सामेल छन् । अहिलेसम्म यसअन्तर्गत एक हजार बढी मानिसको जीवनशैलीमाथि खोज अध्ययन भइसकेको छ ।

ओकिनावामा मानिस लामो उमेरसम्म बाँच्छन् । तर उनीहरू बुढ्यौलीमा अशक्त वा अर्कामाथि आश्रित हुँदैनन् । त्यहाँका मानिसहरू बुढ्यौलीको अन्तिम चरणसम्म सक्रिय रहन्छन् ।

ओकिनावामा औसत ९७ वर्षको उमेरसम्म वृद्धवृद्धाले आफ्नो सबै काम गर्न सक्छन् । उमेरसँगै आउने रोगहरूले उनीहरूलाई खास असर गर्दैन । क्यान्सर, मधुमेह, डिमेन्सिया र मुटुको रोग यहाँका मानिसलाई कम मात्रामा हुने गर्छ ।

यस्तो स्वास्थ्य समस्या भएकाले सखरखण्ड नखाएको राम्रो

सखरखण्डमा पोटासियम बढी हुने हुनाले मिर्गौलासम्बन्धी समस्या भएका व्यक्ति तथा  मिर्गौलाको डायलाइसिस गरिरहेकाहरुले यसको सेवन नगर्नु राम्रो हुने पोषणविद् बानियाँ सुझाउँछन् ।

यसमा कार्बोहाइड्रेट बढी हुने भएकाले मधुमेहको समस्या भएका व्यक्तिले पनि सखरखण्ड कम खानु राम्रो हुन्छ ।

नव आवाज

Aashutosh Belbase is an SEO expert and content writer at navaawaaj.com.np. With a passion for exploring and writing about education, technology trends,and polictics Aashutosh brings insightful analysis and up-to-date information to readers. Continuously learning and evolving in the field of SEO, Aashutosh aims to help others understand and navigate the digital landscape.

Share
Published by
नव आवाज

Recent Posts

मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

55 years ago

दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रचण्डलाई खनालको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

गण्डकीमा विशेष अधिवेशन बोलाउने सरकारको निर्णय, मिति मुख्यमन्त्रीले तोक्ने

पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पदः भीम रावल

काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

‘कक्षा छ, कोठा तीन: थपिँदै दुःखका दिन’

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ…