काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टीमले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछन् । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
नेपाल गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ । नेपाल र भारत अन्तिम पटक काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपमा आमनेसामने भएका थिए ।
दुई फरक समूहमा रहेकाले नेपाल र भारतको भेट सेमिफाइनलमा भएको थियो । जहाँ नेपालले भारतलाई १(० गोलको नतिजामा पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो ।
ओलम्पिक छनोटको तयारी स्वरूप दुई मैत्रीपूर्ण खेलका लागि भारत भ्रमणमा रहेको नेपाली टिमले अन्तिम खेल शनिवार खेल्नेछ ।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…
काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा…
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ…