काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमार गम्भिर घाइते भएका छन ।
फ्रेन्च लिग वान अन्तरगत आइतबार राति लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको खेलमा नेयमारले घुँडाको चोट बोक्न पुगेकाका कारण उनी एक महिना खेल बाहिर रहनु पर्ने भएको हो ।
‘उनको एमआरआई स्क्यानमा कुनै फ्याक्चर भएको देखिएको छैन तर उनको लिगामेन्टको थप परिक्षण भइरहेको छ,’ फ्रान्सेली क्लब पीएसजीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एमआरई परिक्षणपछि उनी कम्तीमा पनि एक महिना मैदान बाहिर रहनु पर्ने भएको क्लबले जनाएको छ ।
बेन्जामिन आन्द्रेले गरेको ट्याकलमा ब्राजिलियन स्टार नेयमार घाइते भएका थिए । लिलको मिडफिल्डरले नेयमारलाई फउल गरेपछि मैदानमा लड्न पुगेका गिए । त्यसपछि उनलाई स्ट्रेचरबाट मैदान बाहिर लगिएको थियो ।
यो पिएसजीको लागि ठुलो झट्काको रुपमा हेरिएको छ ।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…
काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा…
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ…