Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114
गण्डकीमा विशेष अधिवेशन बोलाउने सरकारको निर्णय, मिति मुख्यमन्त्रीले तोक्ने - Nava Awaaj

गण्डकीमा विशेष अधिवेशन बोलाउने सरकारको निर्णय, मिति मुख्यमन्त्रीले तोक्ने

पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले १० गतेअघि नै बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । तर मिति भने तोकिएको छैन । 

सरकारका प्रवक्ता हरिबहादुर चुमानले बैठक बोलाउने निर्णय भएको बताए । ‘मिति मुख्यमन्त्री ज्यूले प्रदेश प्रमुखसँग सल्लाह गरेर तोक्नुहुन्छ । सम्भवतः १० गतेअघि नै बैठक आह्वान हुन्छ,’ उनले भने । उनका अनुसार आजै प्रदेश प्रमुखलाई मन्त्रीपरिषद्को बैठकको निर्णय पठाइन्छ । 

‘सिफारिस आजै जान्छ । जे होस् अधिवेशन आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अरू सबै अधिकार मुख्यमन्त्रीलाई दिइएको छ ।’ विशेष अधिवेशनमा मुख्यमन्त्रीले विश्वासको मतको प्रस्ताव राख्नेछन् । मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको पूर्ण पेसी अघि नै विश्वासको मत लिन लागेका हुन् । 

उनको मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै काँग्रेसका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दिएका छन् । रिट उपर सर्वोच्चले ७ गतेभित्र लिखित कारण पेस गर्न आदेश दिएको छ भने १० गते पूर्ण पेसीको मिति तोकेको छ । 

उनको मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै काँग्रेसका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दिएका छन् । रिट उपर सर्वोच्चले ७ गतेभित्र लिखित कारण पेस गर्न आदेश दिएको छ भने १० गते पूर्ण पेसीको मिति तोकेको छ ।