काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री दाहालले श्रेष्ठलाई सोमबार राष्ट्रिय योजनाको उपाध्यक्षमा नियुक्त गरेर पद तथा गोपनियताको शपथग्रहण पनि गराएका छन् ।
प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो ।