काठमाडौं । काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन्द्र शाह (बालेन) ले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको निधनप्रति राज्यको चरम पराकाष्ठा देखिएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनको निधन राज्यको चरम असफलता भएको हो बताए। उनले आचार्यको निधनप्रति दुख व्यक्त गर्दै उनको परिवारप्रति समवेदना प्रकट समेत गरेका छन् ।
आचार्य निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर शाहले आत्मदाहका धेरै कारण र संकेतहरू भएपनि ठूलो कारण राज्य भएको बताए ।
‘त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो, र सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो,’ बालेनले लेखेखका छन् ।
मेयर बालेनले अब अरु कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा संवदेनशील भएर काम गरिरहेको बताए ।