काठमाडौँ । पूर्वसांसद एवं नेपाली कांग्रेस मनाङका महासमिति सदस्य कर्मा घलेको निधन भएको छ।
घलेको मंगलबार दिउँसो उपचारको क्रममा महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको हो।
५९ वर्षे घले लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। घले २०७४ सालमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएका थिए।
नेपालका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा सदैव सक्रिय भूमिका निर्वाह गर्दै आएका नेता घले शालिन एवं सरल व्यक्तिको रुपमा परिचित रहेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनको निधनप्रति कांग्रेस संसदीय दलले श्रद्धाञ्जली व्यक्त गरेको छ।